Friday, May 5, 2017

अधुरो कथा

🌹🌹-----lllll-गजल-llll-----------
तिम्रो जीवनसाथी बन्ने धेरै रहर थियो।।
तिम्रो लागि मुटुमा मायाको सहर थियो।।

छोडेर गयौ अनयासै एक चिम्टी सिन्दुरमा
संगै मिलेर दुख सुख बाड्ने पहर थियो।।

चिर्यौ छाती पिडाको छुरीले खुशी लुट्न
देखाउन सकिन बैरी हराउने लहर थियो।।

तमासा हेरेर जलिरहयो मुटु खर जस्तै,
तिमी हाँस्दै थियौ मेरो आँखामा नहर थियो।।

शुभको गुणगान गर्दै थियो जन्तीले तिम्रो।।
खुशीले लायौ फेरो,मेरो हातमा जहर थियो।।

कोशिश गरे तीनै जन्तीलाई मलामी बनाउन
तर सकिन मनमा एउटा यादको ठहर थियो।।